Pages

Translate

Thursday, May 1, 2014

उभौली साकेन्वा मा मनोज ले "साकेन्वा" ल्याए

भौली चाड आउनै लाग्दा बान्तावा राई भाषाको गीति एल्बम 'साकेन्वा' सार्वजनिक भएको छ । संगीतकार बुलु मुकारुङ, जनगायक रामेश श्रेष्ठ र भाषाशास्त्री नोवल किशोर राईले सोमबार राजधानीमा सार्वजनिक गरेका हुन् । जस एवाइ राईले निर्माण गरेको एल्बमभित्र आठवटा गीत रहेका छन् । संगीतकार तथा गायन मनोज साङसोन तथा सुखकला राई, लिला राई, प्रकाश पि्रयदर्शी राई र शारदा राईको स्वर रहेको छ । जननायक रामप्रसाद राईमाप्रति समर्पित एल्बमको गीतकारमा भुइँदल राई, पदम वालाहाङ, जय सिवाहाङ, निराजन राजालिम, मनोज रुङमाहाङ, अर्जुन दुङमेन, असिम दुङमाली र रविन्द्र दिखुक्पा रहेका छन् ।  
बुङ्वाखा मासिक पत्रिकाले आयोजना गरेको समारोहमा गायक रामेशले ठेट नेपालीपनका निम्ति भाषिक गीतहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले  'गाउँ गाउँबाट उठ' बोलको प्रसिद्ध गीतलाई बान्तावा भाषामा गाएका थिए ।

त्यसैगरी संगीतकार मुकारुङले विमोचित 'साकेन्वा' एल्बम किरात संस्कृतिमा मुन्धमीलय वद्ध रहेकोले बताए । 'साकेन्वामा किराती संस्कृति मुन्धुमको छनक स्पष्ट आएको छ,' गीतसंगीतले निरक्षरलाई समेत प्रभाव पार्ने उल्लेख गर्दै उनले भने, 'यो गायकको पहिचान पनि हो । स्थानीय र आधुनिक लयवद्ध छ । यसले मातृभाषाको शक्ति सर्वसाधारणसम्म विस्तार गरेको छ ।'
भाषाशास्त्री राईले किरात राई समुदायमा २४ वटाभन्दा बढी भाषा बोल्ने उल्लेख गर्दे बान्तावा भाषीको संख्या सबैभन्दा बढी रहेको बताए । 'साकेन्वा' एल्बममा समेटिएका गीतहरुले भाषाका साथसाथै किरातीको इतिहास, संस्कृतिलाई उजागर गरेको बताए । 'बुङवाखा'का सम्पादक पदम राईका अनुसार बान्तावा भाषामा अहिलेसम्म आधादर्जन गीति एल्बम र एकसयभन्दा बढी गीतहरु रेकर्ड भएको छ । त्यस अवसरमा भाषासेवी जय सिवाहाङ, सभासद तारादेवी राईलगायतले विचार व्यक्त गरेका थिए ।


 को हुन् मनोज साङ्ग्सोन ? 
नाम : मनोज साङ्सोन (वास्तविक नाम : मनोज कुमार राई) जन्म मिति : २०४०-०८-२२ जन्म थलो : होम्ताङ- १, भोजपुर, कोशी, पूर्वी नेपाल प्राथमिक शिक्षा : श्री गाउँ फर्क प्रा.बि. होम्ताङ्-१, भोजपुर निमाबि शिक्षा : श्री प्रजातन्त्र निमाबि होम्ताङ्-१, भोजपुर माद्य्यमिक तथा उच्च माद्य्यमिक शिक्षा : श्री सगरमाथा उच्च माबि, रानीबास-८, घोडेटार, भोजपुर स्नातक शिक्षा : धनकुटा बहुमुखी क्याम्पस, धनकुटा, कोशी, नेपाल स्नातकोत्तर शिक्षा : केन्द्रीय क्याम्पस कीर्तिपुर, त्रिभुवन विश्वविधालय साङ्गीतिक क्षेत्र प्रबेश : धनकुटा बहुमुखी क्याम्पसमा डीप्लोमा अध्ययन गर्दादेखि क्याम्पसको विद्यार्थी कार्यक्रमहरूबाट पहिलो रेकर्ड बान्तावा गीत : रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र धनकुटामा उत्कृष्ट ३ बान्तावा गीत अन्तर्गत परेको निराजन बतासको रचनाको मेरो संगीतमा लाइभ रेकर्ड भएको २०६२ सालमा स्वर परीक्षा पास रेडियो नेपालबाट : २०६४ (बिधा: लोक गीत) प्रकाशित कृतिहरू: पापनी मेलैमा (लोक गीति एल्बम २०६४ एकल शब्द तथा लय सङ्कलन) हाम्रो अभियान (जनजागरण तथा राष्ट्रिय गीति एल्बम २०६७ एकल संगीत) कोङ्पी (राई बान्तावा भाषाको पहिलो गजल तथा गीति एल्बम २०६८ संगीत तथा गायन परिकल्पना) गोधुलि आलाप (लोक सास्कृतिक गीति एल्बम २०६८, एकल गायन, शब्द तथा लय सङ्कलन) सेमुना (राई बान्तावा भाषाको साँस्कृतिक गीति एल्बम २०६९ -बुङ्वाखा सङ्गीत पुरस्कार -२०६९ र किरात सङ्गीत पुरस्कार २०७० बाट पुरस्कृत) अर्को जन्म (आधुनिक गीति एल्बम २०६९, एकल संगीत, भानु सुनुवारको एकल शब्द) जीवनयात्रा (आधुनिक गीति एल्बम २०७० एकल संगीत, अर्जुन दुङ्मेनको एकल शब्द) पहिलो प्रेम (आधुनिक गीतिएल्बम २०७० संगीत, राज बान्तावाको एकल शब्द, १ गीतमा राई नविनको संगीत) छिटोङ - ढिटोङ (लोपोन्मुख दुङ्माली राई भाषाको गीतिएल्बम २०७० एकल संगीत, अर्जुन राईको एकल शब्द), साकेन्वा (राई बान्तावा भाषाको एल्बम - आज विमोचन हुँदै गरेको) प्रकाशोन्मुख एल्बम : नोस्टाल्जिया (एकल शब्द, संगीत र गायन, रेकर्डिङ सकिएको) बिबशताका धुनहरू (एकल संगीत, चन्द्र प्रभात राईको एकल शब्द रचना रेकर्डिङ सकिएको) आदी...... धन्यवाद