Pages

Translate

Wednesday, April 2, 2014

आमचोक बालंखा ई-भिलेज बन्ने

अब आमचोक क्षेत्र लाई  नेपाल टेलिकम टावर संगै मोबाईल को पहुच सरल हुने  छ।   यो  सुबिधा संगै यो क्षेत्र का जनता हरुलाई  फेरी अर्को खुसि को बगैचा निर्माण हुने  भएको छ।    
अब नेपाल टेलिकम को ल्याण्ड  लाईन  पहुँच  को बिस्तार पनि हुने भएको छ।  यो पहुँच को लागि पहल   नेपाल टेलिकम  मा कार्यरत रमेश बिष्ट  गर्नु हुने छ।  यो सुबिधा संगै बालंखा लाई ई- भिलेज को नमुना को रुपमा विकास गर्न सकिने कुरा नेपाल अख्तियार अनुसन्धान मा कार्यरत अधिकृत देव कुमार राईले बताउनु भएको छ।  उंहाले "अब भोजपुर को नमुना ई-भिलेज का रुपमा बालंखा लाई बनाउनु पर्छ, यो सुबिधासंगै अब  घर घर मा ईन्टरनेट को सेवा हुनेछ  " उंहाले थप्नु हुन्छ।
यस को लागि ल्याण्ड लाईन सेवा राख्न चाहने हरुको तथ्यांक लिने कार्य सुरु हुने भएको छ।  त्यसको लागि पहल भैरहेको जानकारी रमेश बिष्ट ले दिनु भएको छ।
यो सुबिधा ले गर्दा सर्बसाधारण लाई नबिनतम बिकाश र पहुँच पुग्ने छ। ईन्टरनेट को सुबिधा संगै अब बिध्युत को पहुँच पनि पुग्नु  जरुरि देखिन्छ।  बिकाश का पुर्बधार हरु मुख्य रुपले सडक, संचार, शिक्षा, र बिजुली लाइ लिने गरिन्छ। आंसिक रुपमा अरु सेवा पुगेको र अब बिधुत को पनि सेवा बिस्तार को लागि पहल गर्नु पर्ने देखिन्छ।


No comments:

Post a Comment