Pages

Translate

Thursday, March 20, 2014

छोङ्खा साकेन्वा वृत्तचित्र निर्माण योजना प्रस्तावना


छोङ्खा साकेन्वा वृत्तचित्र निर्माण योजना प्रस्तावना १. उठान
साकेन्वा किरात राई जातिको एक महान संस्कृति हो । सभ्यताको विकास क्रमसँग मानव जातिले प्रकृतिसँग गरेको संघर्ष र समायोजनको विशिष्ट अभ्यासको खास प्रतिबिम्ब नै साकेन्वा संस्कृति हो । जीवन उपार्जन गर्न प्रकृतिले दिएको साथ प्रति कृतज्ञ भई पूजा गर्ने र सिली नाच गरेर मनाउने प्रचलन यसको प्रादुर्भाव समयबाटै सुरु भएको हो । यसलाई अहिले विश्वभर छरिएर बसेका किरात राई जातिले आफ्नो पहिचान र चिनारीको आधार बनाएका छन् । पूर्वी पहाडी भेकमा अनन्त कालदेखि मनाइँदै आएको साकेन्वा अहिले बेलायत, अमेरिका, कोरिया, जापान, अष्टे«लिया लगायत विश्वका बीस बढी देशहरूमा उभौली र उधौली पर्वको रुपमा धुमधामले मनाइन्छ । यसले विश्वमा छरिएका किरातहरूलाई एकतामा बाँध्ने काम गरेको त छ नै त्यो भन्दा बढी यो जातिलाई महत्वपूर्ण नेपाली मौलिक संस्कृतिको धनीको रुपमा विश्वजनमानसमा चिनारी गराउँदै लगेको छ । 
२. छोङ्खा साकेन्वा छोङ्खा साकेन्वा भोजपुर र खोटाङको आमचोक क्षेत्रमा मनाइने सबैभन्दा पुरानो मानिएको साकेन्वा संस्कृति हो । यसको थान दक्षिणी खोटाङ र भोजपुरको सिमानालाई छुट्याउने बोङ्वा खोलाको पश्चिममा खोटाङ डम्बर्खु गाउँको फेदीमा रहेको छ । हालसम्म भेटिएको ऐतिहासिक तथ्य अनुसार यो साकेन्वा विक्रम सम्बत्को सातौँ शताब्दीको सुरुमा अर्थात् आजभन्दा चौध सय वर्ष पहिलेबाट सुरुवात भएको मानिएको छ । यही साकेन्वाको उत्पत्ति भएपछि मात्र अरु ठाउँमा साकेन्वा उत्पत्ति भएका हुन् भन्ने मानिन्छ । तथ्य र किंवदन्तीहरूले पनि यो कुरालाई नै जोड दिएका छन् । यति भएर पनि छोङ्खा साकेन्वा किरात राईहरूको एक प्रमुख तीर्थस्थल बन्नुपर्नेमा यसको खोज–अुनसन्धान, अभिलेखीकरण, प्रचारप्रसार र जनस्तरको उचित अग्रसरताको अभावले अहिले पनि सीमित परिचयमा खुम्चिएर रहेको छ । 
३. वृत्तचित्र नै किन ? अहिलेको दृश्य संग्रहण ऐतिहासिक सत्यतथ्यको अभिलेखीकरण गर्ने सबैभन्दा भरपर्दो र प्रामाणिक माध्यम बन्न गएको छ । लेख्य वा श्रुति सामग्री भन्दा दृश्य (भिडियो) ले ‘सिइङ इज विलिभिङ’ अर्थात् हेर्नु नै विश्वास गर्नु हो भन्ने मान्यता स्थापित गरेको छ । छोङ्खा साकेन्वा जस्तो अनमोल सम्पदा र संस्कृतिलाई वृत्तचित्र निर्माणको माध्यमबाट देश विदेशमा रहेबसेका किराती, नेपाली र अन्तरदेशीय समुदायसम्म पु¥याएर यसको गरिमा बढाउने उद्देश्यले वृत्तचित्र निर्माणको अवधारणा प्रेरित छ । यसको उपादेयता यसभन्दा बढी शोधखोजपूर्ण अभिलेखीकरण र भावी पुस्तालाई त्यसको हस्तान्तरणसँग लक्ष्यित छ । 
४. लगानी र सहभागिताको आह्वान वृत्तचित्र निर्माण “हामी सबैले हाम्रै लगानीमा अहिले नै बनाउने” भन्ने अवधारणामा आधारित छ । यसकारण वृत्तचित्र निर्माणको काम सामुहिक योगदान वा लगानीको आधारमा सम्पन्न गरिनेछ । यसमा यो कार्यमा अत्यन्त इच्छुक व्यक्तिहरू मात्र सहभागी गराइनेछ । यद्यपि यो केवल योगदानमा मात्र सीमित वा चन्दा नभई नाफामूलक प्रस्तावको रुपमा समेत प्रस्ताव गरिएको छ । यसको निर्माण समूह भने छुट्टै रहनेछ । त्यो समूहले निर्माण कार्यको सम्पूर्ण जिम्मा लिनेछ । निर्माण कार्य गर्ने समूहले अहिले एक कम्पनी दर्ता गर्ने प्रक्रिया थालेको छ । सो निर्माण समूहको जिम्मेवारी वृत्तचित्र निर्माण र उत्पादन गर्नु सम्मको रहनेछ । त्यसको सम्पूर्ण बिक्रि वितरणको आय लगानीकर्ताहरूकै सक्रियतामा हुनेछ । यसबाट लगानीकर्ताहरूले २ सय प्रतिशत सम्म लगानीको प्रतिफल लिन सक्ने र योगदानको उच्च कदर गर्दै एक विशेष कार्यक्रमको आयोजना गरी कदर सम्मान गरिनेछ । यो योजनाका निम्न प्रस्तावहरु छन्ः • ५० हजार योगदान लगानी गर्नेलाई निर्माता बनाइनेछ । • विदेशमा रहेकाहरूको लगानी योगदानको हकमा लगानीभन्दा २ सय प्रतिशत बढी मूल्याङ्कन हुने डिभिडि प्रतिहरु प्रदान गरिनेछ । यद्यपि यस्तो लगानी योगदान कम्तीमा १० हजार रुपैयाँ हुनपर्नेछ । उदाहरणको लागि १० हजार लगानी योगदान गर्नेले ३० हजार बराबरको डिभिडि प्रदान गरिनेछ । नेपालका लगानी योगदानकर्ताहरूको हकमा भने लगानी योगदानको ५० प्रतिशत बढी मूल्याङ्कन हुर्ने डिभिडि प्रतिहरु प्रदान गरिनेछ । • योगदान गर्ने सबैको नाम विशेष प्राथमिकताकासाथ डिभिडिमा उल्लेख गरिनेछ । • योगदान गर्ने सबैलाई वृत्तचित्र विमोचनको अवसरमा आयोजित विशेष समारोहमा कदर सम्मान गरिनेछ । सो कार्यक्रममा उपस्थित हुन नसक्नेहरुको लागि विशेष अवसरको सिर्जना गरी कदरपत्र हस्तारण गरिनेछ । • वृत्तचित्र प्रकाशन पछि आमचोक क्षेत्रलाई समेट्ने गरी एक विशेष स्मारिका पुस्तक प्रकाशन गरिनेछ । त्यसमा सबै योगदान गर्नेहरूको नाम उल्लेख गरिनेछ । उक्त स्मारिकामा सबै योगदान गर्नेहरुको फोटो (इच्छुकको परिवार सहितको फोटो) सहितको परिचय प्रकाशित गरिनेछ । • निर्माण समूहले कुनै पनि डिभिडि व्यक्तिगत मुनाफाको लागि बिक्री गर्ने छैन । बिक्रि भएमा त्यसलाई सामाजिक कार्यको लागि सञ्चय गरिनेछ । • वृत्तचित्रको प्रथम प्रदर्शन च्यारिटिबाट उठ्ने रकम सामाजिक कार्यको लागि जम्मा गरिनेछ । त्यसमा निर्माण समूहले बिक्रिी गरेको डिभिडिको रकम पनि जोडिनेछ । यो सामाजिक कोष वा रकम वृत्तचित्र निर्माणमा योगदान गर्ने लगानीकर्ताहरूकै नाममा हुनेछ । • वृत्तचित्र निर्माण समूहका सदस्यहरूले नै प्राविधिक र निर्माण पक्षको सम्पूर्ण जिम्मा लिनेछन्, यसको लागि उनीहरूले आफ्नो न्यूनतम पारिश्रमिक मात्र लिनेछन् । • वृत्तचित्रलाई गुणस्तरीय बनाउने अधिकतम प्रयास गरिनेछ । यद्यपि वृत्तचित्रको गुणस्तर जम्मा लगानी रकमको आधारमा हुनेछ । पर्याप्त रकम जम्मा भएमा साकेन्वासँग जोडिएका मिथक किंवदन्तीलाई एनीमेशन गरिनेछ । • उत्पादित वृत्तचित्र डिभिडि गुणस्तरीय कभरबक्समा आकर्षक डिजाइनमा राखिनेछ । • निर्माण कार्यमा उच्च गुणस्तरीय क्यामेरा, व्यवसायिक दक्षता भएका छायाँकार, भिडियो सम्पादक, लेखन सम्पादक र उद्घोषक प्रयोग गरिनेछ । • लगानी योगदान गर्नेहरूलाई योगदान रकम प्राप्त हुने बित्तिकै निर्माण समूहको आधिकारिक हस्ताक्षर भएको प्राप्ति चिठी पठाइनेछ । • वृत्तचित्रमा योगदान गर्न इच्छुक महानुभावहरूले नेपाली पात्रोअनुसार वैशाख १५ गतेसम्म निर्माण समूहलाई रकम बुझाइसक्नुपर्ने या पठाइसक्नुपर्नेछ । 
६. निर्माण समूह सल्लाहकार : देवकुमार राई (अधिकृत, नेपाल सरकार) सल्लाहकार संरक्षक : क्या. नारायणप्रसाद राई निर्माण संयोजन : सुधीर राई सदस्य : शम्भु बान्तावा दीपक राई निराजन राई मिलन राई






छोंग्खा 













No comments:

Post a Comment