Pages

Translate

Thursday, March 20, 2014

एस एल सी र लिरिल साबुन

 शाम बान्तवा

आज एस एल सी परिक्षा सुरु भयो। ५  लाख ६६ हजार ८५ जना परिक्षार्थीहरु सहभागी छन्।  कहिले  फलामे ढोका त कहिले सुनौलो ढोका  संज्ञा दिईने यो परिक्षा बास्तबमा शिक्षा को नया अध्याय  शुरु हुने पेज हो।
मेरो पनि एस एल सी संग सम्बन्धित रमाईलो तथा संघर्सका संस्मरण  छन
 २०५५ सालको एस एल सी परिक्षा मा सम्मिलित हामि चण्डेश्वर मा बि  बालंखा झन्डै १०० को   संख्या थियौ।  परिक्षा केन्द्र हाम्रो धोदलेखानी को कटुञ्जे माबि थियो।  घर बाट कटुञ्जे पुग्न झन्डै ५ घण्टा (मेरो देखि ५ घण्टा कुनै साथीहरु को त एकै  दिन लाग्थ्यो) लाग्ने हुनाले हामि त्यहि ठाउमा डेरा लिएर परिक्षा दिनु पर्ने थियो।  डेरा खोज्न परिक्षा सुरु  हुनु भन्दा  दुइ हप्ता अगाडी नै त्यो ठाउमा पुग्नु पर्दथ्यो।   त्यहाँ होटल, लज को ब्यबस्था  नहुदा खान को लागि पनि आफै जोहो गर्नु बाध्यता थियो।  किनेर खाने कुनै ठाउ नभएपछी खाजा, चामल , दाल, तरकारी, पुस्तकको भारि बोकेर जानु पर्दथ्यो।   हामि डेरा बस्ने तिन जना थियौ  मिलन दाई , नन्द प्रसाद , र म।  हामि अति मिल्ने थियौ र  पढाई मा पनि अलि मिहिनेती थियौ।  भारी बोकेर हामि परिक्षा  कटुञ्जे लाग्यौ।  परिक्षा सुरु हुनु दुइ  दिन अगाडी हामि पुग्यौ।  परिक्षा को  अगिल्लो  दिन हामि परिक्षा केन्द्र    घुम्न गयौ। त्यो दिन हामीले   परिक्षा दिने कोठा,  बेञ्च   सबै हेरेर आयौ। मिलन दाई को   याशिका  क्यामेरा  ले    धेरै  फोटो सेशन गरियो।  क्यामेरा दाई ले इण्डिया बाट ल्याउनु भएको थियो।
मिलन दाई लाइ नन्द र मैले ९ कक्षा मा भेट्टाएका थियौ।  मिलन दाई बिरामी भएर ९ कक्षा मा दुई  वर्ष पढेका  थिए।  बिरामी भएर दाई इण्डिया मा उपचार का लागि जानु भएको, उनका बुवा इण्डियन लाहुरे हुनुहुन्थ्यो।  हामि प्राय स्कुल संगै जाने फर्किने गर्दथियौ।  मिलन दाई इण्डियाको बसाईको समयमा गरेका अनुभव, देखेका, सुनेका कुरा हरु सुन्ने गर्दथ्यौ।  कहिले कहिँ हिन्दि मा कुरा गर्दथे  बुझ्न अलि समस्या हुने गर्दथ्यो।
परिक्षा संगै हामीले खाना पकाउने, भाडा माझ्ने गर्दथ्यौ।  अरु साथीहरु प्राय हामि भन्दा अलि उमेर ले जेठो थिए त्यसैले हामीलाई प्राय भाई, फुच्चे, भनेर बोलाउने गर्दथे त्येसैले हामि अलि अरु साथी हरु संग घुलमिल हुन सकेनौ।
परिक्षा को दिन बिहानै मिलन दाइ उठेर पुजा गर्न थाले  हामीलाई पनि पुजा गर्न लगाए।    नन्द र म पनि पुजा गर्यौ।  मिलन दाई अलि धार्मिक भावनाका छन्।   पुजा गर्यो भने अलि कति भए नि बल (साहस) आउछ भन्दथे ।  हामी परिक्षा सुरु हुनु भन्दा झन्डै आधा घण्टा पहिले परिक्षा केन्द्र पुग्यौ।  परिक्षा कोठा मा छिर्दा  ठुलो मान्छे भएको जस्तो भान हुन्थ्यो किनकि एस एल सी दिने भनेकै हामीलाई ठुलो मान्छे हुनु हो जस्तो लाग्थ्यो।  पहिले दिन को नेपाली को परिक्षा थियो हामीले हाम्रा गुरु गोबिन्द ले घोकाए को लेखाएको पाठ बाट नै प्राय प्रश्न सोधेको थियो हामीले परिक्षा अपेक्षा गरे जस्तै भयो।
यस्तै गरि अरु परिक्षा नि राम्रै हुदै गयो।  सुक्रबार को दिन हाम्रा घरबेटी काका ले "आज तिमीहरु खाना नापकाउनु" भन्नु भयो।   हामीले चाही भोलि पारि को नागछांगा घुम्न जाने सल्लाह गरेको थियौ।  आज घरबेटी काका को घर मा मांग पुजा (पितृ कार्य) थिएछ हामीले पनि बेलुका खाना खाएर पढन बस्यौ ११ बजे सम्म पढे पछि  सुत्यौ।  राति नन्द लाई पेट दुखेछ।  र शौचालय  गयो पछि उसलाई डाइरिया चलेको रहेछ।  बिस्तारै मेरो पनि दुख्न थाल्यो।  मिलन दाईले नि पेट दुख थाले पछि त हामीलाई बेलुका को पुजा को भाले ले बिसाएछ क्यारे।  सौचालय जान को लागि एक खालको प्रतिस्पर्धा जस्तै उछिना उछिन भयो।  अब भोलि पारि नागछांगा जानु पर्ने आज पखाला को बिरामी।
भोलि हामि असक्त भएर बिहान भर सुत्यौ हाम्रो घुम्न जाने योजना समाप्त भयो।  अब हामीलाई आफ्नो कपडा धुने योजना पो बन्यो किनकि बेलुका त थाहै भएन छ।  अब लुगा धुने साबुन खोज्न अलि माथि दोकान मा गयौ तर लुगा धुने साबुन पाईएन पछि जति खोज्दा पनि नपाए पछी हामीले नुहाउने साबुन ले नै कपडा धुने निधो गर्यौ।  पसलमा लिरिल नुहाउने साबुन मात्र थियो।  लिरिल साबुन ले कपडा धारा मा धुन थाल्यौ तर थाहा थिएन नुहाउने साबुन ले कपडा राम्रो धुन मिल्दैन भनेर।  हामीले जसो तसो कपडा हरु धुएर सुकायौ।  भोलि पल्ट परिक्षा मा सामेल हुन गयौ।  हामीले लिरिल साबुन ले धुएको कपडा त मगमग बास्ना आउन थाल्यो परिक्षा हल भित्र लिरिल साबुन को बास्ना माया भयो।  साथि हरुले, परिक्षा का गार्ड हरुले "साबुन  कसले  बोकेर भित्र छिर्यो" भन्न थाले।  पछि मेरो छेउका साथीले "यो साथीले बोकेर ल्याएछ" भन्यो।  म लाज ले रातो पिरो भए।  मैले साबुन बोकेको हैन कपडा धुएको हो भने।  उता मिलन दाई लाई पनि अर्को कोठा मा समस्या त्यहि परेछ नन्द र मा चाही एउटै  कोठा मा थियौ।   परिक्षा सकियो,  हाम्रो मनोरंजन र बिदाईको लागि स्थानिय क्लब ले परिक्षा को अन्तिम दिन विभिन्न कार्यक्रम गरेको थियो।
परिक्षा सकेर घर फर्कियो पछि नतिजा नि निस्क्यो।  बालंखा स्कुल बाट ३६ (एक्ज्याक थाहा भएन)जनाले पास गरेछन।  हामि पनि ३६ भित्र परेछौ।  पछि उच्च शिक्षा लिन मिलन दाई र म धरान पढ्न झरियो, नन्द काठमान्डौ लागे।



No comments:

Post a Comment