Pages

Translate

Wednesday, March 12, 2014

लालिगुराँस फुल्न थाल्यो

बसन्त ऋतु को आगमन संगै आमचोक वरी परि लालिगुराँस फुल्न थालिसकेको छ।  प्रकृति को सुन्दर फुलले  ढकमक्क देखिन थालेका छन, आमचोक क्षेत्रका डांडा हरु राताम्यै देखिन थालेका छन्, आम्चोक मा पर्ने सोखोप्पे, समङ्कलि, दाक्बुंग राङ्ग, भिरकोट जस्ता जंगल हरु अहिले रातै भेला भएका छन्।  यस क्षेत्र मा आन्तरिक तथा बाह्य पर्यटन को कमिले गर्दा यो क्षेत्र मा अवलोकन कर्ताहरु त्यति भेटि दैनन्।  किराती हरु को बसोबास घना रहेको यस क्षेत्रमा दाक्बुंग राङ्ग  भन्ने ठाउँ छ बान्तवा भाषा दाक्बुंग राङ्ग भन्नाले गुराँस को घारी भन्ने बुझिन्छ।  जुन ठाउ पूर्ण रुपले गुराँस को जंगल रहेको छ। 
यो पतझड अर्थात् decidious वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ।गुराँस २ प्रकारका हुन्छन्। लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। ३ हजार मीटर भन्दा माथिको उचाइमा सेतो गुराँस अर्थात् चिमाल पाइन्छ। दुवै प्रकारका गुराँस औषधि मानिन्छन्। नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ।
तर अहिले जनसंख्या बृदी  संगै आम्चोक का जंगल हरु मासिने क्रम मा छ छन्, किन भने यस क्षेत्र मा खाना पकाउने इन्धन को रुपमा गुराँस का दाउरा प्रयोग हुन्छन, यसले गर्दा जंगल हरु फ़ाडिने क्रम बढी रहेको छ।   मुख्य रुपमा गुराँस का बोट हरु काटिने गरिएको छ। मुख्यतया चेतना र महत्व को बारेमा ज्ञान को अभाब ले गर्दा बन बिनास भैरहेको छ।  
यस क्षेत्र वरिपरि सामुदायिक बन हरु रहेका छन् तर यी संस्था हरु ले राम्रो संग अनुगमन तथा नियमन साथसाथै रेखदेख गर्न नसक्नु अर्को प्रमुख समस्या हो 






                                                          भिडियो हेरौ

No comments:

Post a Comment