तिमी अनन्त आकाश रहेछौ
न तिम्रो उद्गम भेटे न त अन्त नै
बादल ले ढाकिदा देखे
खुलेको बेला हेरे
न खुशी पाए
न त दुखी नै
तिमिलाई मिर्मिरे मा हेरे
सांझ पख पर्खिए
उदाएको घाम अस्ताएको हेरे
तर
तिमि कति अटल छौ
तिमी अथाह सागर रहेछौ
न तिम्रो गरिराइ नाप्न सके
न त डुबुल्की मार्न नै
सुनामी आएको सुने,
आधि आएको पढे
छाल उठेको हेरे,
हुरी चलेको पाए
तर
तिमि कति बिचलित छौ
अब
तिमीलाई मैले फुल देख्नुछ,
सयपत्री,बाबरी संग फुलेको
भिर मा हैन
बगैचा मा फक्रेको
तिमीलाई मैले जुन देख्नु छ,
तारा, ग्रह संगै चम्केको
पुर्णिमा मा मात्र हैन
औंशी मा हासेको
तिमीलाई मैले इन्द्रेणी देख्नुछ ,
सात रंग बाट बनेको,
बेरंग हैन
सप्तरंगी मा सजिएको
"हुने बिरुवा को चिल्लो पात नहुने बिरुवा को खस्रो पात" भन्ने उखानले , सामान्य रुपले समाजमा देखिने दुई खाल का सम्भावनाका बिम्ब प्रस्तुत गरेको हुन्छ। तर यो उखान लाई अर्को तरिका ले अहिले प्रस्तुत गर्न सकिन्छ " हुने बिरुवा को राम्रो माली, नहुने बिरुवाको नराम्रै माली " बिरुवा लाई सपार्ने र नसपार्ने कुरा माली को हात मा पनि हुन्छ किनकि राम्रो नराम्रो हुने कुरा बिरुवा मा मात्रै सिमित हुने कुरा होइन। जस्तै कृषक ले आफ्नो अन्न,बालि उत्पादन गर्नको को लागि उन्नत बिउ बिजन तथा मलजलले मात्र हुन्न किनकि यसको निरन्तर गोडमेल तथा हेरचाह को पनि जरुरत पर्दछ। त्यस्तै गरि अनुकुल मौषम तथा हावापानीको पनि भूमिका महत्वपुर्ण हुन्छ , वातावरणिय अनुकुलता मा मात्र भने जस्तो उत्पादन हुनसक्छ।
प्रसङ्ग हो भर्खरै मात्र आएको एस एल सी परिक्षा नतिजाको हो। भोजपुर जिल्लामा १२ वटा बिद्यालय हरुले एस एल सी को खाता खोल्न सकेनन। यो अनुपात बार्षिक रुपले बढी रहेको देखिन्छ। चण्डेश्वर उच्च माबि बालंखा भोजपुर यो पटक ५९ जना बिद्यार्थी एस एल सी परिक्षा मा सामेल भएका थिए तर जम्मा २ जना मात्र उत्तिर्ण भएका छन्। यति न्युन मात्र मा पास हुनुले अबको बालंखा उच्च माबि को भबिष्य माथि नै प्रश्न चिन्ह खडा भएको छ। किन एस एल सी अधिकांश बिद्यार्थी फेल हुन्छन ? यस्तो हुनुमा दोषी को ? अब उच्च माबि संचालन मा यसको असर कस्तो पर्छ ? अब उपाय के के हुन सक्छन ?
भोजपुर जिल्ला को दक्षिण पश्चिम मा रहेको माबि हरुमा पहिलो माबि तथा ईतिहास बोकेको बिद्यालय हो चण्डेश्वर उच्च माबि बालंखा। कुनै समय एस एल सी मा जिल्ला को सर्बोत्कृष्ट बिद्यार्थी यहि बिद्यालय बाट भएका थिए। तर अहिले को नतिजा ले एक किसिम को निरासा छाएको छ। एस एल सी परिक्षा दिने कुल बिद्यार्थी हरुमा जम्मा ३% मात्र पास भएका छन्।
बिद्यार्थी हरु फेल हुनु का कारक तत्व हरु मुख्य रुपले निम्न प्रकार हुन सक्छन
१. सामुदायिक बिद्यालय हरुमा गुणस्तरीय शिक्षण को कमि ले गर्दा बिद्यार्थी हरुले गुणस्तरीय शिक्षा पाउन सकेका छैनन्। शिक्षक हरु को प्रमुख उत्तर दायित्व वा आफ्नो पेशा भनेको कसरि बिद्यार्थी हरुलाई गुणस्तरीय शिक्षा दिने वा अब्बल बनाउने हो। तर शिक्षक हरुले आफ्नो पेशा शिक्षण भन्दा पनि जागिर खाने माध्यम बनाउनु ले उनीहरुको पेशा बिद्यार्थी मुखी नभएर जागिर मुखी भएका छन्। बिद्यार्थी हरु को भबिस्य लाई कसरि सुनिश्चित गर्ने भन्दा आफुलाई बिहान को १० बजे देखि बेलुका ४ बज्दा सम्म समय बिताउने भन्ने मानसिकता ले ग्रसित शिक्षक हरु रहेका छन्।
२. सामुदायिक बिद्यालय हरुमा पर्तिस्पर्धा को अवधारणा महसुस नहुनु। निजि बिद्यालय हरुले आफुलाई अब्बल बनाउन विभिन्न खालका शिक्षण सम्बन्धि नया खालका सिकाई प्रबिधि लागु गरेका हुन्छन साथै बिद्यार्थी हरुलाई पनि निरन्तर पढाई मा निगरानी राख्ने गर्दछन। तर यो ब्यबस्था सरकारी बिद्यालय हरुमा न्यून हुन्छन। बालंखा स्कुल भौतिक रुपले सम्पन्न रहेको अवस्था मा पनि आफुलाई प्रतिस्पर्धी बनाउन सकेको छैन। बिद्यार्थी हरुलाई नियमित रुपले पढाई मा निगरानी निरन्तर मुल्यांकन राख्ने पाइन्दैन। यथेस्ट रुपले बिध्यार्थीहरुको पढाई मा केन्द्रित गराउनु नसकेको अवस्था छ।
३. हाल आएर एस एल सी परिक्षा लाई मर्यादित गरिनुले पनि बिद्यार्थी हरु फेल छन्। अहिले परीक्षा लाई बडो कडाई गरिएको छ। होम सेन्टर परिक्षा केन्द्र नहुनु ले गर्दा पनि उत्तीर्ण को अनुपात घटेको हो। बिध्यार्थीहरुले परिक्षा मा चिट चोर्न नपाउनु ले पनि नतिजा राम्रो नहुनु हो।
४. बिद्यार्थी हरुले पनि आफ्नो पढाई मा निरन्तर ध्यान नदिनु ले गर्दा पनि नतिजा राम्रो आउन नसकेको छ। बिद्यार्थी हरुले पढाई लगनशील भन्दा पनि आफ्नो ध्यान अनावश्यक कुरा मा लगाउने गर्दछन। अहिले नया सुचना प्रविधिको रुपमा बिकास भएको मोबाईल को दुरुपयोग ले बिद्यार्थी हरुमा नकारात्मक असर देखा पर्दछ। शिक्षक हरुको भूमिका शिक्षण मात्र नभएर बिध्यार्थीहरुको लागि क्यारियर काउन्सेलर को रुपमा पनि भूमिका खेल्न नसक्नु ले बिध्यार्थीहरुले पढाई लाई आफ्नो मुख्य धर्म हो भन्ने बुझेका छैनन।
५. बिद्यार्थी हरु लाई बाहिरि वातावरण को प्रभाब ले गर्दा पनि उनीहरुको मनोविज्ञान मा असर पारेको छ जसले गर्दा उनीहरुको पढाई मा मन गएको देखिदैन। हाम्रो समाज मा युवा हरु कति पय विभिन्न कुलत मा फसेका छन् जाड,रक्सि, चुरोट,तास, जुवा ले गर्दा बिद्यार्थी हरु मा नकारात्मक प्रभाव पार्दछ। यसले गर्दा बिद्यार्थीहरु कुलत मा फस्ने गर्दछन। बैदेशिक रोजगारी एउटा संस्कृति को रुपमा समाजमा बसेको छ यसले विद्यार्थी हरुको मानसिकता मा महत्वाकांक्षा बढाई दिन्छ। उनीहरुलाई पनि विदेश जाने रहर र पैसा कमाउने रहर हुन्छ तर वास्तविकता उनीहरुले बुझेका हुदैनन्।
६. बालंखा स्कुल स्थानीय राजनीति को प्रभाव पनि परेको देखिन्छ। यो नितान्त गैर राजनैतिक संस्था हो तर यहाँ शिक्षक नियुक्ति तथा अरु कार्य मा विभिन्न चलखेल देखिन्छ। गुणस्तरीय शिक्षण लाई जोड दीइएको पाईनदैन। निरन्तर शिक्षक परिवर्तन तथा सरुवा ले गर्दा पढाई मा नराम्रो प्रभाव पार्दछ। कति पय अनुभवी तथा उपयुक्त शिक्षक हरु लाई पाखा लागाइएको पाईन्छ। सिमित व्यक्ति हरु को आफ्नो व्यक्तिगत स्वार्थ को लागि बिद्यालय आफ्नो झोला को रुप मा राख्ने गरेको पाईन्छ। शिक्षक हरु नै आपसी गुटबन्दी बनाई बस्नु अर्को राजनैतिक चरित्र देखाउनु पनि समस्याको बिषय हो।
७. बिद्यालय ब्यबस्थापन समितिको भूमिका अति नै नाजुक भएको देखिन्छ। बिद्यालय को उचित ब्यबस्थापन, नियमन, निगरानी भएको देखिदैन। बिद्यार्थी मुखी, सुशासन, नतिजामुखी बिद्यालय बनाउन ब्यबस्थापनले आफ्नो कर्तब्य निभाएको देखिदैन।
८. बिद्यार्थी अभिभावक हरु को भूमिका पनि न्यून देखिन्छ। हाम्रो क्षेत्र भनेको नै कृषि मा निर्भर भएको क्षेत्र भएको कारण ले गर्दा आफु प्राय आफ्नो पेशा मा ब्यस्त हुने र आफ्नो छोरा छोरी हरु को पढाई मा खासै ध्यान गएको हुदैन। आफ्नो सन्तान हरुको पढाई को अवस्था बारे जानकारी नलिनु पनि अर्को समस्या हो।
९. नेपाल को शैक्षिक प्रणाली सिद्धान्त मुखी भएको र ब्यबहारिक शिक्षा को कमीले गर्दा बिद्यार्थी हरुमा पढाई मा रुचि हुदैन जसले गर्दा आफ्नो पढाई कमजोर हुन्छ। बिद्यार्थी हरु को आफ्नो रुचि अनुसारको बिषय नहुना ले गर्दा आफ्नो दक्षता देखाउन सक्दैनन्। बिषयगत दक्ष शिक्षक को अभाव ले गर्दा प्राबिधिक बिषय हरुमा बिद्यार्थी फेल हुने गर्दछन
१०. बिद्यार्थी हरुको निरन्तर मुल्यांकन नगर्नुले गर्दा पनि यो समस्या देखा परेको छ। बिद्यार्थी हरुले आफ्नो बास्तविक मुल्यांकन एस एल सी मा मात्र हुने गर्दछ।
११. बिद्यालयमा उत्प्रेरणा जगाउने खालका अवधारणा हरु को कमि पनि रहेको छ। राम्रो गर्ने शिक्षक वा बिध्यार्थीलाई पुरस्कार तथा नराम्रो गर्नेलाई कडा दण्ड को ब्यबस्था छैन।
शिक्षा को गुणस्तर लाई सुधार नगरे भबिष्य अन्धकार छ। यस पटक को निराशा लाई चिर्न अब आउने दिन मा सावधानी नअपनाए फेरी अर्को वर्ष को नतिजा शुन्य हुन सक्छ। यसरि अधिकांस प्राबिधिक बिषय मा बिधार्थी हरु फेल हुनु मा दक्ष शिक्षक हरुको अभाव देखेको छ। बिद्यालय हरुलाई लाई राजनीति बाट टाढा राख्नु पर्दछ। नियमित बिद्यार्थी हरु को पठनपाठन निगरानी राख्नु पर्दछ। बिद्यार्थी हरुको पढाई मा शिक्षक तथा अभिभावक हरु पनि गम्भीर हुनु पर्दछ। शिकाई का नया नौलो प्रबिधि हरु लागु गर्नु पर्दछ। यसै गरि बिद्यालय को अनुगमन तथा ब्यबस्थापन मा ब्यबस्थापन भूमिका महत्वपुर्ण तथा कडा हुनुपर्दछ। बिद्यालय मा पढ्ने वातावरण को सिर्जना गर्नु पर्दछ जस्तै नियमित पुस्तकालय मा पढ्ने बानि बसाउनु पर्दछ। बिध्यर्थिहरुलाई मनोबैज्ञानिक रुपमा एस एल सी को हाउगुजी देखाउनु भन्दा यसलाई सरल रुपमा लिन बिद्यार्थी हरु लाइ उत्प्रेरित गर्नुपर्दछ। बिध्यर्थिहरुलाई तनाव मा पढ्ने बानि हानिकारक हुनसक्छ त्यसैले उनीहरुलाई पढाई मा पनि रमाउने खालको बानि को बिकाश गराउनु पर्दछ। निजि बिद्यालय भन्दा बढी तलब,तालिम लिएका र अनुभबी शिक्षक भएर पनि विद्यार्थी को पढाई को स्तर कम्जोर हुनु शिक्षक नै दोषी हुन्। खासगरी सहि काम गर्ने शिक्षक लाई उचित पुरस्कार तथा नराम्रो गर्ने शिक्षक लाई कडा दण्ड को व्यवस्था हुनुपर्दछ।
पास हुने बिद्यार्थी हरुलाई बधाई साथी साथै फेल हुने लाई निराशा नहुन अनुरोध छ। असफलता भित्र नै सफलता लुकेको हुन्छ। प्रयास गरे अवश्य एक दिन सफल हुन सकिन्छ