Pages

Translate

Sunday, June 29, 2014

तिमी

तिमी अनन्त आकाश रहेछौ
न तिम्रो उद्गम भेटे न त अन्त नै
बादल ले ढाकिदा देखे
खुलेको बेला हेरे
न खुशी पाए
न त  दुखी नै
तिमिलाई मिर्मिरे मा हेरे
सांझ पख पर्खिए
उदाएको घाम अस्ताएको हेरे
तर
तिमि कति अटल छौ

तिमी अथाह सागर रहेछौ
न तिम्रो गरिराइ  नाप्न सके
न त डुबुल्की मार्न नै
सुनामी आएको सुने,
आधि आएको पढे
छाल उठेको हेरे,
हुरी चलेको पाए
तर
तिमि कति बिचलित छौ

अब
तिमीलाई मैले फुल देख्नुछ,
सयपत्री,बाबरी संग  फुलेको
भिर मा  हैन
बगैचा मा फक्रेको
तिमीलाई मैले जुन  देख्नु छ,
तारा, ग्रह संगै  चम्केको
पुर्णिमा मा  मात्र हैन
औंशी मा  हासेको
तिमीलाई मैले इन्द्रेणी देख्नुछ ,
सात रंग बाट बनेको,
बेरंग हैन
सप्तरंगी मा सजिएको





No comments:

Post a Comment