निराजन राजालिम
उहिले छोङ्खा को छेउ तिर दुइ किराती ज्वाई र ससुरा बस्तथे। ससुरा 'नाम्नु' पाछा थियो भने ज्वाई 'खारुरंङ हाङ्खिम' पाछाको थियो। ससुरा धेरै जान्ने बिजुवा भने ज्वाई भने शुरो शिकारी थियो।
त्यति खेर खोटाङ् डम्बर्खु शिवालय को फेदी बुङ्वा खोला को आसपास घना जंगल थियो। त्यो जंगल बाट निस्किएर एउटा बदेल ले त्यो गाउको अन्न बालि खान थाल्यो। आफ्नो बालीनाली नास गर्ने बदेलले सो गाउँका सबै लाइ रिस उठेको थियो। सो बदेल मर्नको लागि गाउका मानिसले धेरै प्रयास गरे तर मर्न सकेनन। बदेलले गाउमा निस्किएर खेतबारी को अन्न बालि फलफुल खान छाडेन।
समय बित्त्दै जादा छोंखा को छेउछाउ शुरो शिकार गर्न जान्ने हाङ्खिम छ भन्ने गाउले ले थाहा पाए। त्यस पछि बदेल लागि गाउलेले उसलाई बोलाएर ल्याए। शिकारी हाङ्खिम बदेल मार्न को लागि धनुबाण ठिक्क बस्यो। अघिल्ला दिनहरुमाजस्तै जस्तै त्यो दिन पनि बदेल बारीमा निस्कियॊ। हाङ्खिमले बाण हान्न ठिक्क पार्दापार्दै बदेल भाग्यो। भागेको बदेलालाई हाङ्खिमले मार्न लखेट्न थाल्यो। उत्तरतिर भागिरहेको बदेल शिकारीले पछि पछि थाल्यो। लखेट्दै जादा उत्तरी भोजपुरको साल्पा मैयुंग लेकमा शिकारीले बदेल भेट्टायो। भेटेपछि हाङ्खिमले बदेल लाइ तिरले हान्यो। तिरले बदेललाई लाग्यो र तिर ढाडमा गाडियो। हानेर लडाएको शिकार हाङ्खिम ले टिप्न खोज्दा शिकार बदेल नभएर एउटा वादिन (अन्डा) मा बदलियो। वादिनमा तिर गाडिएको थियो र रगत बगिरहेको थियो हाङ्खिम ज्यादै चकित भयो। उसले गोगुन को पातमा सो वादीन लाइ पोकों पारेर गोगुन्कै बोटमा सिउरिएर घर फ़र्कियो।
यता ससुरा नाम्नु चाही बदेल लखेट्दै जाने ज्वाई नाफर्केकोले शोक सुर्ता गर्दै बसिरहेको थियो। पछि ज्वाई आइपुग्यो र शिकार हानेर लडाएको र शिकार वादिनमा बदलिएको कुरा सुनायो। त्येस पछि नाम्नुले 'त्यो त मेरो सपनाले दिएको साकेन्वा माङ् हो त्यो वादीन लिएर आउनुपर्छ ' भन्यो। त्येस पछि ससुरा ज्वाई वादिन लिन हिडे। ज्वाइले बाटोमा खाजा भनेर थुन्सेमा जाड, रक्सि र ढिडो बोक्यो। ससुराले सोलोंवा र बेछुक (अदुवा) बोक्यो। पुगेर वादिन सिउरेको वादीन हेर्दा त त्यो वादीन शिला भैराखेको उनीहरुले भेट्टाए। उनीहरुले शिलालाई साच्चिकै साकेन्वा माङ् हो भदै थुन्सेमा हालेर ल्याए। शिला ल्याउदै गरेको खुसीमा डाँडा डाँडा मा नाच्दै , बिसाउदै , ढिडो खादै आए। उनीहरुले सो शिला भोजपुरको अति राम्रो ठाउँ छोङ्खा डाडोमा ल्याएर राख्ने र पुजा गर्ने सल्लाहसहित ल्याउदै थिए। त्येइ बेला अहिलेको छोङ्खा साकेन्वा को थान रहेको डम्बर्खु शिवालयको फेदीमा शिला बोकी रहेको ज्वाई चिप्लिएर लड्यो। त्येइ बेला शिला पनि भुइमा झरेर गाडियो। ससुरा ज्वाइले जति बल गर्दा पनि गाडिएको शिला उठाउन सकेनन। हाङ्खिम लडेको र शिला भासिएको ले नाम्नुले हाङ्खिमलाई ' खरुरङ् खामान्सिन ' भनेर गाली गर्यो। हाङ्खिमले पनि ' खाना खामान्थान ' भनेर मुख फर्कायो।
ससुरा ज्वाई जति बाझे पनि भासिएको शिला निस्कने वाला थिएन। अब उनीहरुले नै गाडिएको शिलालाई त्येइ ठाउमा थान बनेर पुजा गर्नु पर्छ भेनेर सल्लाह गरे। शिला पुर्याउन खोजेको ठाउ छोङ्खा डाडा मा भने त्येइ साकेंवाको नाममा बजार लगाउने सल्लाह गरे। त्यहि बेला देखि नै खोटांग को डम्बर्खु शिवालयमा थान उत्पति भएको र पुजा सुरु गरिएको र छोङखा डाडा मा बजार लाग्न थालेकों भनाइ बुढा पाका को छ जुन अहिले पनि कायम नै छ। साकेन्वा थान खोटांग मा भएपनि त्यहाँ को साकेन्वा छोङ्खा साकेन्वा को नामले देश बिदेश चर्चित छ।
अहिले सो साकेन्वा थाना मा वर्ष को दुई पटक जेठ मा उभौली र मंसिरमा उधौली पुजा हुन्छ भने पारि भोजपुरको छोङ्खा डाडा मा बिशाल मेला लाग्छ। माथि भोजपुरको कटुञ्जे को शिरमा साइलाम भन्ने ठुलो जंगल छ। साइलाम भनेको किरात राई बान्तवा भाषामा शिकार खेद्ने बाटो भन्ने हुन्छ। त्येतिबेला हाङ्खिमले त्येइ ठाउ हुदै बदेल खेदेको हुनाले त्यो ठाउको नाम साइलाम रहि आएको किम्बदन्ति छ।
अहिले सो साकेन्वा थानमा पुजा गर्नको लगागी पाच पाछा को दश पगरी (समूह) बनाईएको छ। पगरिहरुको जेठा, माइला, साइला, काइला र कान्छा रहेका छन्। त्यस अनुसार जेठा नाम्नु, माइला दुखुंन, साइला राजालिम, काइला हाङ्खिम, र कान्छा तान्ग्लुक्वा ले जेठा देखि कान्छा सम्म पालैपालो पुजा गर्दछन।
माथिको मिथकमा एउटा गज्जबको कुरा सबै पगरी मध्ये बाट त्यहाँ पुजा गर्ने हाङ्खिम पाछा बाट नाक्छोंग कहिल्यै पनि निस्कदैनन। पुजा गर्ने बेला मा ढोल, झ्याम्टा, अदुवा, सोलोंवा मात्र ल्याउछन तर पुजा गर्दैनन। उनीहरुको पुजा जेठा नाम्नु पगरिले गरिदिन्छन। उहिले सो साकेन्वा मांगलाई हाङ्खिमले हानेको हुनाले पुजा गर्न नहुने बुढापाका बताउछन।
(खोक्चिलिपा)
|
साकेन्वा शिला |
|
नाक्छोंग |
|
साकेन्वा सिली टिप्दै |