तिमी अनन्त आकाश रहेछौ
न तिम्रो उद्गम भेटे न त अन्त नै
बादल ले ढाकिदा देखे
खुलेको बेला हेरे
न खुशी पाए
न त दुखी नै
तिमिलाई मिर्मिरे मा हेरे
सांझ पख पर्खिए
उदाएको घाम अस्ताएको हेरे
तर
तिमि कति अटल छौ
तिमी अथाह सागर रहेछौ
न तिम्रो गरिराइ नाप्न सके
न त डुबुल्की मार्न नै
सुनामी आएको सुने,
आधि आएको पढे
छाल उठेको हेरे,
हुरी चलेको पाए
तर
तिमि कति बिचलित छौ
अब
तिमीलाई मैले फुल देख्नुछ,
सयपत्री,बाबरी संग फुलेको
भिर मा हैन
बगैचा मा फक्रेको
तिमीलाई मैले जुन देख्नु छ,
तारा, ग्रह संगै चम्केको
पुर्णिमा मा मात्र हैन
औंशी मा हासेको
तिमीलाई मैले इन्द्रेणी देख्नुछ ,
सात रंग बाट बनेको,
बेरंग हैन
सप्तरंगी मा सजिएको
"हुने बिरुवा को चिल्लो पात नहुने बिरुवा को खस्रो पात" भन्ने उखानले , सामान्य रुपले समाजमा देखिने दुई खाल का सम्भावनाका बिम्ब प्रस्तुत गरेको हुन्छ। तर यो उखान लाई अर्को तरिका ले अहिले प्रस्तुत गर्न सकिन्छ " हुने बिरुवा को राम्रो माली, नहुने बिरुवाको नराम्रै माली " बिरुवा लाई सपार्ने र नसपार्ने कुरा माली को हात मा पनि हुन्छ किनकि राम्रो नराम्रो हुने कुरा बिरुवा मा मात्रै सिमित हुने कुरा होइन। जस्तै कृषक ले आफ्नो अन्न,बालि उत्पादन गर्नको को लागि उन्नत बिउ बिजन तथा मलजलले मात्र हुन्न किनकि यसको निरन्तर गोडमेल तथा हेरचाह को पनि जरुरत पर्दछ। त्यस्तै गरि अनुकुल मौषम तथा हावापानीको पनि भूमिका महत्वपुर्ण हुन्छ , वातावरणिय अनुकुलता मा मात्र भने जस्तो उत्पादन हुनसक्छ।
प्रसङ्ग हो भर्खरै मात्र आएको एस एल सी परिक्षा नतिजाको हो। भोजपुर जिल्लामा १२ वटा बिद्यालय हरुले एस एल सी को खाता खोल्न सकेनन। यो अनुपात बार्षिक रुपले बढी रहेको देखिन्छ। चण्डेश्वर उच्च माबि बालंखा भोजपुर यो पटक ५९ जना बिद्यार्थी एस एल सी परिक्षा मा सामेल भएका थिए तर जम्मा २ जना मात्र उत्तिर्ण भएका छन्। यति न्युन मात्र मा पास हुनुले अबको बालंखा उच्च माबि को भबिष्य माथि नै प्रश्न चिन्ह खडा भएको छ। किन एस एल सी अधिकांश बिद्यार्थी फेल हुन्छन ? यस्तो हुनुमा दोषी को ? अब उच्च माबि संचालन मा यसको असर कस्तो पर्छ ? अब उपाय के के हुन सक्छन ?
भोजपुर जिल्ला को दक्षिण पश्चिम मा रहेको माबि हरुमा पहिलो माबि तथा ईतिहास बोकेको बिद्यालय हो चण्डेश्वर उच्च माबि बालंखा। कुनै समय एस एल सी मा जिल्ला को सर्बोत्कृष्ट बिद्यार्थी यहि बिद्यालय बाट भएका थिए। तर अहिले को नतिजा ले एक किसिम को निरासा छाएको छ। एस एल सी परिक्षा दिने कुल बिद्यार्थी हरुमा जम्मा ३% मात्र पास भएका छन्।
बिद्यार्थी हरु फेल हुनु का कारक तत्व हरु मुख्य रुपले निम्न प्रकार हुन सक्छन
१. सामुदायिक बिद्यालय हरुमा गुणस्तरीय शिक्षण को कमि ले गर्दा बिद्यार्थी हरुले गुणस्तरीय शिक्षा पाउन सकेका छैनन्। शिक्षक हरु को प्रमुख उत्तर दायित्व वा आफ्नो पेशा भनेको कसरि बिद्यार्थी हरुलाई गुणस्तरीय शिक्षा दिने वा अब्बल बनाउने हो। तर शिक्षक हरुले आफ्नो पेशा शिक्षण भन्दा पनि जागिर खाने माध्यम बनाउनु ले उनीहरुको पेशा बिद्यार्थी मुखी नभएर जागिर मुखी भएका छन्। बिद्यार्थी हरु को भबिस्य लाई कसरि सुनिश्चित गर्ने भन्दा आफुलाई बिहान को १० बजे देखि बेलुका ४ बज्दा सम्म समय बिताउने भन्ने मानसिकता ले ग्रसित शिक्षक हरु रहेका छन्।
२. सामुदायिक बिद्यालय हरुमा पर्तिस्पर्धा को अवधारणा महसुस नहुनु। निजि बिद्यालय हरुले आफुलाई अब्बल बनाउन विभिन्न खालका शिक्षण सम्बन्धि नया खालका सिकाई प्रबिधि लागु गरेका हुन्छन साथै बिद्यार्थी हरुलाई पनि निरन्तर पढाई मा निगरानी राख्ने गर्दछन। तर यो ब्यबस्था सरकारी बिद्यालय हरुमा न्यून हुन्छन। बालंखा स्कुल भौतिक रुपले सम्पन्न रहेको अवस्था मा पनि आफुलाई प्रतिस्पर्धी बनाउन सकेको छैन। बिद्यार्थी हरुलाई नियमित रुपले पढाई मा निगरानी निरन्तर मुल्यांकन राख्ने पाइन्दैन। यथेस्ट रुपले बिध्यार्थीहरुको पढाई मा केन्द्रित गराउनु नसकेको अवस्था छ।
३. हाल आएर एस एल सी परिक्षा लाई मर्यादित गरिनुले पनि बिद्यार्थी हरु फेल छन्। अहिले परीक्षा लाई बडो कडाई गरिएको छ। होम सेन्टर परिक्षा केन्द्र नहुनु ले गर्दा पनि उत्तीर्ण को अनुपात घटेको हो। बिध्यार्थीहरुले परिक्षा मा चिट चोर्न नपाउनु ले पनि नतिजा राम्रो नहुनु हो।
४. बिद्यार्थी हरुले पनि आफ्नो पढाई मा निरन्तर ध्यान नदिनु ले गर्दा पनि नतिजा राम्रो आउन नसकेको छ। बिद्यार्थी हरुले पढाई लगनशील भन्दा पनि आफ्नो ध्यान अनावश्यक कुरा मा लगाउने गर्दछन। अहिले नया सुचना प्रविधिको रुपमा बिकास भएको मोबाईल को दुरुपयोग ले बिद्यार्थी हरुमा नकारात्मक असर देखा पर्दछ। शिक्षक हरुको भूमिका शिक्षण मात्र नभएर बिध्यार्थीहरुको लागि क्यारियर काउन्सेलर को रुपमा पनि भूमिका खेल्न नसक्नु ले बिध्यार्थीहरुले पढाई लाई आफ्नो मुख्य धर्म हो भन्ने बुझेका छैनन।
५. बिद्यार्थी हरु लाई बाहिरि वातावरण को प्रभाब ले गर्दा पनि उनीहरुको मनोविज्ञान मा असर पारेको छ जसले गर्दा उनीहरुको पढाई मा मन गएको देखिदैन। हाम्रो समाज मा युवा हरु कति पय विभिन्न कुलत मा फसेका छन् जाड,रक्सि, चुरोट,तास, जुवा ले गर्दा बिद्यार्थी हरु मा नकारात्मक प्रभाव पार्दछ। यसले गर्दा बिद्यार्थीहरु कुलत मा फस्ने गर्दछन। बैदेशिक रोजगारी एउटा संस्कृति को रुपमा समाजमा बसेको छ यसले विद्यार्थी हरुको मानसिकता मा महत्वाकांक्षा बढाई दिन्छ। उनीहरुलाई पनि विदेश जाने रहर र पैसा कमाउने रहर हुन्छ तर वास्तविकता उनीहरुले बुझेका हुदैनन्।
६. बालंखा स्कुल स्थानीय राजनीति को प्रभाव पनि परेको देखिन्छ। यो नितान्त गैर राजनैतिक संस्था हो तर यहाँ शिक्षक नियुक्ति तथा अरु कार्य मा विभिन्न चलखेल देखिन्छ। गुणस्तरीय शिक्षण लाई जोड दीइएको पाईनदैन। निरन्तर शिक्षक परिवर्तन तथा सरुवा ले गर्दा पढाई मा नराम्रो प्रभाव पार्दछ। कति पय अनुभवी तथा उपयुक्त शिक्षक हरु लाई पाखा लागाइएको पाईन्छ। सिमित व्यक्ति हरु को आफ्नो व्यक्तिगत स्वार्थ को लागि बिद्यालय आफ्नो झोला को रुप मा राख्ने गरेको पाईन्छ। शिक्षक हरु नै आपसी गुटबन्दी बनाई बस्नु अर्को राजनैतिक चरित्र देखाउनु पनि समस्याको बिषय हो।
७. बिद्यालय ब्यबस्थापन समितिको भूमिका अति नै नाजुक भएको देखिन्छ। बिद्यालय को उचित ब्यबस्थापन, नियमन, निगरानी भएको देखिदैन। बिद्यार्थी मुखी, सुशासन, नतिजामुखी बिद्यालय बनाउन ब्यबस्थापनले आफ्नो कर्तब्य निभाएको देखिदैन।
८. बिद्यार्थी अभिभावक हरु को भूमिका पनि न्यून देखिन्छ। हाम्रो क्षेत्र भनेको नै कृषि मा निर्भर भएको क्षेत्र भएको कारण ले गर्दा आफु प्राय आफ्नो पेशा मा ब्यस्त हुने र आफ्नो छोरा छोरी हरु को पढाई मा खासै ध्यान गएको हुदैन। आफ्नो सन्तान हरुको पढाई को अवस्था बारे जानकारी नलिनु पनि अर्को समस्या हो।
९. नेपाल को शैक्षिक प्रणाली सिद्धान्त मुखी भएको र ब्यबहारिक शिक्षा को कमीले गर्दा बिद्यार्थी हरुमा पढाई मा रुचि हुदैन जसले गर्दा आफ्नो पढाई कमजोर हुन्छ। बिद्यार्थी हरु को आफ्नो रुचि अनुसारको बिषय नहुना ले गर्दा आफ्नो दक्षता देखाउन सक्दैनन्। बिषयगत दक्ष शिक्षक को अभाव ले गर्दा प्राबिधिक बिषय हरुमा बिद्यार्थी फेल हुने गर्दछन
१०. बिद्यार्थी हरुको निरन्तर मुल्यांकन नगर्नुले गर्दा पनि यो समस्या देखा परेको छ। बिद्यार्थी हरुले आफ्नो बास्तविक मुल्यांकन एस एल सी मा मात्र हुने गर्दछ।
११. बिद्यालयमा उत्प्रेरणा जगाउने खालका अवधारणा हरु को कमि पनि रहेको छ। राम्रो गर्ने शिक्षक वा बिध्यार्थीलाई पुरस्कार तथा नराम्रो गर्नेलाई कडा दण्ड को ब्यबस्था छैन।
शिक्षा को गुणस्तर लाई सुधार नगरे भबिष्य अन्धकार छ। यस पटक को निराशा लाई चिर्न अब आउने दिन मा सावधानी नअपनाए फेरी अर्को वर्ष को नतिजा शुन्य हुन सक्छ। यसरि अधिकांस प्राबिधिक बिषय मा बिधार्थी हरु फेल हुनु मा दक्ष शिक्षक हरुको अभाव देखेको छ। बिद्यालय हरुलाई लाई राजनीति बाट टाढा राख्नु पर्दछ। नियमित बिद्यार्थी हरु को पठनपाठन निगरानी राख्नु पर्दछ। बिद्यार्थी हरुको पढाई मा शिक्षक तथा अभिभावक हरु पनि गम्भीर हुनु पर्दछ। शिकाई का नया नौलो प्रबिधि हरु लागु गर्नु पर्दछ। यसै गरि बिद्यालय को अनुगमन तथा ब्यबस्थापन मा ब्यबस्थापन भूमिका महत्वपुर्ण तथा कडा हुनुपर्दछ। बिद्यालय मा पढ्ने वातावरण को सिर्जना गर्नु पर्दछ जस्तै नियमित पुस्तकालय मा पढ्ने बानि बसाउनु पर्दछ। बिध्यर्थिहरुलाई मनोबैज्ञानिक रुपमा एस एल सी को हाउगुजी देखाउनु भन्दा यसलाई सरल रुपमा लिन बिद्यार्थी हरु लाइ उत्प्रेरित गर्नुपर्दछ। बिध्यर्थिहरुलाई तनाव मा पढ्ने बानि हानिकारक हुनसक्छ त्यसैले उनीहरुलाई पढाई मा पनि रमाउने खालको बानि को बिकाश गराउनु पर्दछ। निजि बिद्यालय भन्दा बढी तलब,तालिम लिएका र अनुभबी शिक्षक भएर पनि विद्यार्थी को पढाई को स्तर कम्जोर हुनु शिक्षक नै दोषी हुन्। खासगरी सहि काम गर्ने शिक्षक लाई उचित पुरस्कार तथा नराम्रो गर्ने शिक्षक लाई कडा दण्ड को व्यवस्था हुनुपर्दछ।
पास हुने बिद्यार्थी हरुलाई बधाई साथी साथै फेल हुने लाई निराशा नहुन अनुरोध छ। असफलता भित्र नै सफलता लुकेको हुन्छ। प्रयास गरे अवश्य एक दिन सफल हुन सकिन्छ
उभौली चाड आउनै लाग्दा बान्तावा राई भाषाको गीति एल्बम 'साकेन्वा' सार्वजनिक भएको छ । संगीतकार बुलु मुकारुङ, जनगायक रामेश श्रेष्ठ र भाषाशास्त्री नोवल किशोर राईले सोमबार राजधानीमा सार्वजनिक गरेका हुन् । जस एवाइ राईले निर्माण गरेको एल्बमभित्र आठवटा गीत रहेका छन् । संगीतकार तथा गायन मनोज साङसोन तथा सुखकला राई, लिला राई, प्रकाश पि्रयदर्शी राई र शारदा राईको स्वर रहेको छ । जननायक रामप्रसाद राईमाप्रति समर्पित एल्बमको गीतकारमा भुइँदल राई, पदम वालाहाङ, जय सिवाहाङ, निराजन राजालिम, मनोज रुङमाहाङ, अर्जुन दुङमेन, असिम दुङमाली र रविन्द्र दिखुक्पा रहेका छन् ।
बुङ्वाखा मासिक पत्रिकाले आयोजना गरेको समारोहमा गायक रामेशले ठेट नेपालीपनका निम्ति भाषिक गीतहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले 'गाउँ गाउँबाट उठ' बोलको प्रसिद्ध गीतलाई बान्तावा भाषामा गाएका थिए ।
त्यसैगरी संगीतकार मुकारुङले विमोचित 'साकेन्वा' एल्बम किरात संस्कृतिमा मुन्धमीलय वद्ध रहेकोले बताए । 'साकेन्वामा किराती संस्कृति मुन्धुमको छनक स्पष्ट आएको छ,' गीतसंगीतले निरक्षरलाई समेत प्रभाव पार्ने उल्लेख गर्दै उनले भने, 'यो गायकको पहिचान पनि हो । स्थानीय र आधुनिक लयवद्ध छ । यसले मातृभाषाको शक्ति सर्वसाधारणसम्म विस्तार गरेको छ ।'
भाषाशास्त्री राईले किरात राई समुदायमा २४ वटाभन्दा बढी भाषा बोल्ने उल्लेख गर्दे बान्तावा भाषीको संख्या सबैभन्दा बढी रहेको बताए । 'साकेन्वा' एल्बममा समेटिएका गीतहरुले भाषाका साथसाथै किरातीको इतिहास, संस्कृतिलाई उजागर गरेको बताए । 'बुङवाखा'का सम्पादक पदम राईका अनुसार बान्तावा भाषामा अहिलेसम्म आधादर्जन गीति एल्बम र एकसयभन्दा बढी गीतहरु रेकर्ड भएको छ । त्यस अवसरमा भाषासेवी जय सिवाहाङ, सभासद तारादेवी राईलगायतले विचार व्यक्त गरेका थिए ।
को हुन् मनोज साङ्ग्सोन ?
नाम : मनोज साङ्सोन
(वास्तविक नाम : मनोज कुमार राई) जन्म मिति : २०४०-०८-२२
जन्म थलो : होम्ताङ- १, भोजपुर, कोशी, पूर्वी नेपाल
प्राथमिक शिक्षा : श्री गाउँ फर्क प्रा.बि. होम्ताङ्-१, भोजपुर
निमाबि शिक्षा : श्री प्रजातन्त्र निमाबि होम्ताङ्-१, भोजपुर
माद्य्यमिक तथा उच्च माद्य्यमिक शिक्षा : श्री सगरमाथा उच्च माबि, रानीबास-८, घोडेटार, भोजपुर
स्नातक शिक्षा : धनकुटा बहुमुखी क्याम्पस, धनकुटा, कोशी, नेपाल
स्नातकोत्तर शिक्षा : केन्द्रीय क्याम्पस कीर्तिपुर, त्रिभुवन विश्वविधालय
साङ्गीतिक क्षेत्र प्रबेश : धनकुटा बहुमुखी क्याम्पसमा डीप्लोमा अध्ययन गर्दादेखि क्याम्पसको विद्यार्थी कार्यक्रमहरूबाट
पहिलो रेकर्ड बान्तावा गीत : रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र धनकुटामा उत्कृष्ट ३ बान्तावा गीत अन्तर्गत परेको निराजन बतासको रचनाको मेरो संगीतमा लाइभ रेकर्ड भएको २०६२ सालमा
स्वर परीक्षा पास रेडियो नेपालबाट : २०६४ (बिधा: लोक गीत)
प्रकाशित कृतिहरू: पापनी मेलैमा (लोक गीति एल्बम २०६४ एकल शब्द तथा लय सङ्कलन)
हाम्रो अभियान (जनजागरण तथा राष्ट्रिय गीति एल्बम २०६७ एकल संगीत) कोङ्पी (राई बान्तावा भाषाको पहिलो गजल तथा गीति एल्बम २०६८ संगीत तथा गायन परिकल्पना) गोधुलि आलाप (लोक सास्कृतिक गीति एल्बम २०६८, एकल गायन, शब्द तथा लय सङ्कलन)
सेमुना (राई बान्तावा भाषाको साँस्कृतिक गीति एल्बम २०६९ -बुङ्वाखा सङ्गीत पुरस्कार -२०६९ र किरात सङ्गीत पुरस्कार २०७० बाट पुरस्कृत)
अर्को जन्म (आधुनिक गीति एल्बम २०६९, एकल संगीत, भानु सुनुवारको एकल शब्द) जीवनयात्रा (आधुनिक गीति एल्बम २०७० एकल संगीत, अर्जुन दुङ्मेनको एकल शब्द) पहिलो प्रेम (आधुनिक गीतिएल्बम २०७० संगीत, राज बान्तावाको एकल शब्द, १ गीतमा राई नविनको संगीत)
छिटोङ - ढिटोङ (लोपोन्मुख दुङ्माली राई भाषाको गीतिएल्बम २०७० एकल संगीत, अर्जुन राईको एकल शब्द),
साकेन्वा (राई बान्तावा भाषाको एल्बम - आज विमोचन हुँदै गरेको)
प्रकाशोन्मुख एल्बम : नोस्टाल्जिया (एकल शब्द, संगीत र गायन, रेकर्डिङ सकिएको) बिबशताका धुनहरू (एकल संगीत, चन्द्र प्रभात राईको एकल शब्द रचना रेकर्डिङ सकिएको) आदी...... धन्यवाद
हामीलाई आफ्नो भाषा, धर्म, संस्कृति,रंग, रुप, सोचाई आदि जस्ता कुरा मा एकरुपता भएका मानिस आत्मिय लाग्छन। अहिलेको आधुनिक जमाना मा आफ्नो भाषा, धर्म लाई त्यति प्राथमिकता दीइएको पाइंदैन। तर आफ्नो भाषा, धर्म, संस्कृति मरेको छ भने त्यो जाति वा समुदाय स्वत मरेको मानिन्छ ।
यस्तै अपबाद का रुपमा कंगो का एक व्यक्ति ले नेपालि फरर बोलेका छन। बरिष्ठ पत्रकार विजय कुमार संग को छोटो अन्तर बार्ता हेरौ। उनको नाम लुजी हो तर उनको नेपालि नाम चाही कालो बिरालो हो। उनि शान्ति सेना मा खटिएका नेपालि हरुको कंगो स्थित ब्यारेकको मेस मा काम गर्छन।
अब आमचोक क्षेत्र लाई नेपाल टेलिकम टावर संगै मोबाईल को पहुच सरल हुने छ। यो सुबिधा संगै यो क्षेत्र का जनता हरुलाई फेरी अर्को खुसि को बगैचा निर्माण हुने भएको छ।
अब नेपाल टेलिकम को ल्याण्ड लाईन पहुँच को बिस्तार पनि हुने भएको छ। यो पहुँच को लागि पहल नेपाल टेलिकम मा कार्यरत रमेश बिष्ट गर्नु हुने छ। यो सुबिधा संगै बालंखा लाई ई- भिलेज को नमुना को रुपमा विकास गर्न सकिने कुरा नेपाल अख्तियार अनुसन्धान मा कार्यरत अधिकृत देव कुमार राईले बताउनु भएको छ। उंहाले "अब भोजपुर को नमुना ई-भिलेज का रुपमा बालंखा लाई बनाउनु पर्छ, यो सुबिधासंगै अब घर घर मा ईन्टरनेट को सेवा हुनेछ " उंहाले थप्नु हुन्छ।
यस को लागि ल्याण्ड लाईन सेवा राख्न चाहने हरुको तथ्यांक लिने कार्य सुरु हुने भएको छ। त्यसको लागि पहल भैरहेको जानकारी रमेश बिष्ट ले दिनु भएको छ।
यो सुबिधा ले गर्दा सर्बसाधारण लाई नबिनतम बिकाश र पहुँच पुग्ने छ। ईन्टरनेट को सुबिधा संगै अब बिध्युत को पहुँच पनि पुग्नु जरुरि देखिन्छ। बिकाश का पुर्बधार हरु मुख्य रुपले सडक, संचार, शिक्षा, र बिजुली लाइ लिने गरिन्छ। आंसिक रुपमा अरु सेवा पुगेको र अब बिधुत को पनि सेवा बिस्तार को लागि पहल गर्नु पर्ने देखिन्छ।
छोङ्खा साकेन्वा वृत चित्र निर्माण व्यक्ति बिशेष को नभएर सम्पूर्ण किरात समुदायको र आमचोक बासि हरु को दायित्व हो। किनकि यो साकेन्वा संग हाम्रो जीवन, संस्कृति तथा परम्परा लुकेको छ। आज पास्चात्य संस्कृति को प्रभाव बढिरहेको अवस्था मा हाम्रो संस्कृति, परम्परा, धर्म ओझेल मा परेको अवश्य हो। यस्ता सांस्कृतिक महत्व बोकेका सम्पदा तथा संस्कृति को संरक्षण, प्रबर्धन गर्न नसकेमा हाम्रा भाबी पिढी हरु ले ईतिहासको पन्ना मा मात्र हाम्रो संस्कार, सम्पदा पढ्ने छन्। त्यसैले हामि जहाँ गए ,जता बसे पनि आफ्नो संस्कार, संस्कृति जोगाउन महत्व पूर्ण भूमिका खेल्नु पर्ने देखिन्छ।
साकेन्वा नै किन ?
छोंखा साकेन्वा लाई अन्तराष्ट्रियकरण गर्न सकिने
हाम्रो क्षेत्र को महान तथा एकमात्र प्रागएतिहासिक महत्व बोकेको
हाम्रो क्षेत्र मा सांस्कृतिक पर्यटन को प्रबर्धन हुनसक्ने
भाबी पिढी तथा यस क्षेत्र भन्दा अन्यत्र रहेकाका लागि महत्व पूर्ण दस्तावेज
किरात तथा गैर किरात हरुको लागि महत्व पूर्ण तिर्थ तथा एकपटक पुग्नैपर्ने ठाउको बिकाश गर्न
यस बाट यस क्षेत्र को आर्थिक, सामाजिक, सांस्कृतिक बिकाश को सुरुवात गर्न
अब हामीले नगरे कसले गर्ने ?? अहिले नगरे कहिले गर्ने ??
आमचोक बासि हरुलाई खुसि को खबर। नेपाल टेलिकम ले आफ्नो सेवा बिस्तार को लागि बालंखा बजार छेत्र मा NTC GSM mobile को टावर निर्माण गर्ने भएको छ। यस सेवा ले गर्दा अब मोबाईल सुबिधा को बिस्तार छ। अब को दुई महिना भित्र नेपाल टेलिकम ले आफ्नो सेवा प्रदान गर्ने छ। यो कार्य नेपाल टेलिकम मा कार्यरत बालंखा बासि रमेश बिष्ट को पहल मा भएको हो। अब यहाँ वरिपरि का सर्बसाधारण ले मात्र नभई खोटाङ्, उदयपुर र धनकुटा सम्म सर्बसाधारण ले सेवा लिने भएका छन्।
यस सेवा ले ईन्टरनेट को पनि सेवा बिस्तार हुने भएको छ